काठमाडौं । चर्चित गायीका एलिना चौहान र गायक नरेश खातीको स्वरमा राजा बोलको गीत बजारमा आएको छ । मेकसम नरेश अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सोमबार सार्वजनिक गरिएको हो ।
पल शाह र गरिमा शर्माको अभिनय रहेको गीतमा शब्द तथा संगीत नरेश खातीको रहेको छ । गीतमा संगीत संयोजन गरेका श्यामस्वेत रसाइलीले अडियो सम्पादन समेत गरेका छन ।
प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्ड कमल र गोविन्दले गरेका छन । गीतमा बाल कलाकारहरु सान अधिकारी, राजकुमार बम, हिमांशु शाही र देशना देवकोटाको प्रस्तुती रहेको छ ।
नवराज उप्रेतीको टोलीले छयाङ्कन गरेको गीतको सम्पादन तथा रंग संयोजन मनोज कार्कीले गरेका छन ।
